menubar

scrolling

WE WANT TO WELCOME YOU HERE IN OUR LIBRARY. WHAT EVER DO YOU FEEL AFTER VISITING OUR LIBRARY, PLEASE DO WRITE. WE WILL BE VERY PLEASED FOR THAT. THANKS FOR VISITING. KEEP ON TOUCH .......

scrolling share

तपाई शेयर बारे जान्न र हेर्न चाहनुहुन्छ भने तपाइलाई यस पेजमा हार्दिक स्वागत छ केही सिक्न र बुझ्नको लागि उपयोगी हुने छ आउनुहोस .......

Online

                                      Exam Questions

Wednesday, October 10, 2018

नेपालको संविधानमा मौलिक हक सम्बन्धि व्यवस्था

कस्ता हकलाई मौलिक हक भनिन्छ ? ती कुन–कुन हुन् ?
उत्तरः नागरिकहरूलाई सो देशको संविधानले प्रदान गरेका हकनै मौलिक हक हुन् मौलिक हक मानिसको आधारभूत अधिकार हो । राज्यका काम कारवाहीबाट नागरिक अधिकारको कटौती हुन नसकोस भनि संविधानबाट नै यी हकको सनिश्चितता गरिएको हुन्छ । नेपालको संविधानले मानव अधिकारको संरक्षण गर्ने र पालना गर्ने प्रतिबद्धता स्वरूप मौलिक हकहरूको व्यवस्था गरेको छ । प्राकृतिक र नैसर्गिक रूपले मानिसले प्राप्त गर्ने अधिकारलाई मौलिक हक अन्तर्गत समेटिएको छ ।
संविधानद्वारा प्रदत्त मौलिक हकको उल्लंघनमा सम्बन्धित देशले क्षतिपूर्ति सहित त्यस्तो हक प्राप्त गर्ने प्रत्याभूति गरेको हुन्छ । मौलिक हक हनन्मा संवैधानिक उपचार प्राप्त हुन्छ ।
नेपालको सन्दर्भमा नेपालको संविधान, २०७२ को भाग ३ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ । यी हकहरू यस प्रकार छन्ः–
धारा १६. सम्मानपूर्वक बाँच्न पाउने हक
धारा १७. स्वतन्त्रताको हक
धारा १८. समानताको हक
धारा १९. सञ्चारको हक
धारा २०. न्याय सम्बन्धी हक
धारा २१. अपराध पीडितको हक
धारा २२. यातना विरुद्धको हक
धारा २३. निवारक नजरबन्द विरुद्धको हक
धारा २४. छुवाछूत तथा भेदभाव विरुद्धको हक
धारा २५. सम्पत्तिको हक
धारा २६. धार्मिक स्वतन्त्रताको हक
धारा २७. सूचनाको हक
धारा २८. गोपनीयताको हक
धारा २९. शोषण विरुद्धको हक
धारा ३०. स्वच्छ वातावरणको हक
धारा ३१. शिक्षा सम्बन्धी हक
धारा ३२. भाषा तथा संस्कृतिको हक
धारा ३३. रोजगारीको हक
धारा ३४. श्रमको हक
धारा ३५. स्वास्थ्य सम्बन्धी हक
धारा ३६. खाद्य सम्बन्धी हक
धारा ३७. आवासको हक
धारा ३८. महिलाको हक
धारा ३९. बालबालिकाको हक
धारा ४०. दलितको हक
धारा ४१. ज्येष्ठ नागरिकको हक
धारा ४२. सामाजिक न्यायको हक
धारा ४३. सामाजिक सुरक्षाको हक
धारा ४४. उपभोक्ताको हक
धारा ४५. देश निकाला विरुद्धको हक
धारा ४६. संवैधानिक उपचारको हक

Tuesday, October 9, 2018

संविधानमा रहेका ३० वटा मौलिक हक

काठमाडौं: मौलिक हक भन्नाले कुनै नागरिकको हैसियतमा राज्यबाट उपभोग गर्न पाउने हक भन्ने बुझिन्छ। आधारभूत रुपमा करिब उस्तै भएपनि मौलिकहरु हरेक देश अनुसार फरक फरक हुन सक्छन्।
संविधानसभाले बनाएको र असोज ३ गतेदेखि लागू भएको नयाँ संविधानले नेपाली नागरिकका लागि ३० वटा मौलिक हकको व्यवस्था गरेको छ। संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म मौलिक हकहरु रहेका छन्।
यी मौलिक हकहरु संविधान लागू भएको ३ वर्षभित्र कार्यान्वयन गर्ने संविधानमा नै उल्लेख गरिएको छ। मौलिक हकसगै नागरिकले पूरा गर्नुपर्ने दायित्व पनि संविधानमा राखिएको छ।
संविधानमा मौलिक हक के के छन् सजिलोसँग बुझ्नुस्

१ सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६)

१. प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ।

२. कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।

२  स्वतन्त्रताको हक (धारा १७) 

१. कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन ।
२. प्रत्येक नागरिकलाई यस्ता स्वतन्त्रता हुनेछ:–
(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता,
(ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
(ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता,
(घ) संघ र संस्था खोल्ने स्वतन्त्रता,
(ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,
(च) नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग,व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता।
तर, यी हकहरुको उपभोग गर्दा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल भएमा सरकारले प्रतिबन्ध लगाउन सक्छ।

३ समानताको हक (धारा १८) 

१. सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन।
२. सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।
३. राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।
तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न सकिनेछ।
४. समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।
५. पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ ।


४ सञ्चारको हक (धारा १९)

१. विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन।

सञ्चारको हक उपभोग गर्दा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने काम भने गर्न पाइने छैन।

२. कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन ।

रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चार माध्यमको नियमन गर्न ऐन बनाउन भने सरकारले सक्नेछ।

३. कानून बमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरुद्ध गरिने छैन।


५  न्याय सम्बन्धी हक (धारा २०) 

१. कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन ।

२. पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आपूmले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ । त्यस्तो व्यक्तिले आफ्नो कानून व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ ।

तर शत्रु देशको नागरिकको हकमा यो उपधारा लागू हुने छैन।

३. पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन।

तर निवारक नजरबन्दमा राखिएका व्यक्ति र शत्रु देशको नागरिकको हकमा यो उपधारा लागू हुने छैन ।

४. तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन।

५. कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन।

६. कुनै पनि व्यक्ति विरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन।

७. कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन।

८. प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ।

९. प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुनेछ।

१०. असमर्थ पक्षलाई कानून बमोजिम निःशुल्क कानूनी सहायता पाउने हक हुनेछ।


६ अपराध पीडितको हक (धारा २१) 

१. अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ।

२. अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ।


७ यातना विरुद्धको हक (धारा २२) 

१. पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा
अपमानजनक व्यवहार गरिने छैन।

२. उपधारा (१) बमोजिमको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो व्यवहारबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।


८ निवारक नजरबन्द विरुद्धको हक (धारा २३) 

१. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा राखिने छैन।

२. नजरबन्दमा रहेको व्यक्तिका स्थितिको बारेमा निजको परिवारका सदस्य वा नजिकको नातेदारलाई कानून बमोजिम तत्काल जानकारी दिन पर्नेछ।

३. निवारक नजरबन्दमा राख्ने अधिकारीले कानून विपरीत वा बदनियतपूर्वक कुनै व्यक्तिलाई नजरबन्दमा राखेमा त्यस्तो व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।


९ छुवाछूत तथा भेदभाव विरुद्धको हक (धारा २४) 

१. कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन।

२. कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन।

३. उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन।

४. जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन ।

५. यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

१० सम्पत्तिको हक (धारा २५)

१. प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र
सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ ।

तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यता अनुरूप व्यक्तिको आयमा कर लगाउन सक्नेछ ।

२. सार्वजनिक हितका लागि बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्ने छैन।

३.सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम हुनेछ।

४. उपधारा (२) र (३) को व्यवस्थाले भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, वातावरण संरक्षण, व्यवस्थित आवास तथा शहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानून बमोजिम भूमि सुधार, व्यवस्थापन र नियमन गर्न बाधा पर्ने छैन ।

५. उपधारा (३) बमोजिम राज्यले सार्वजनिक हितका लागि कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गरेकोमा त्यस्तो सार्वजनिक हितको सटृा अर्काे कुनै सार्वजनिक हितका लागि त्यस्तो सम्पत्ति प्रयोग गर्न बाधा पर्ने छैन ।


११ धार्मिक स्वतन्त्रताको हक (धारा २६) 

१. धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।

२. प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।

३. यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।


१२ सूचनाको हक (धारा २७) 

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ। तर कानून बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन।


१३ गोपनीयताको हक (धारा २८) 

कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम
बाहेक अनतिक्रम्य हुनेछ।


१४ शोषण विरुद्धको हक  (धारा २९)

१. प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ।

२. धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन।

३. कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन।

४. कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन।

तर सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरी कानून बनाउन पाइनेछ।

५. उपधारा (३) र (४) विपरीतको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।


१५ स्वच्छ वातावरणको हक (धारा ३०) 

१. प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ।

२. वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।

३. राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन ।


१६ शिक्षा सम्बन्धी हक (धारा ३१) 

१. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ।

२. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ।

३. अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ।

४. दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ।

५. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ।


१७ भाषा तथा संस्कृतिको हक (धारा ३२)

१. प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ।

२. प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ।

३. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ।


१८ रोजगारीको हक (धारा ३३) 

१. प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ। रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुनेछ।

२. प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ।


१९ श्रमको हक (धारा ३४) 

१. प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ।

“श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनुपर्छ।

२. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमाआधारित सामाजिक सुरक्षाको हक हुनेछ।

३. प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ ।


२० स्वास्थ्य सम्बन्धी हक (धारा ३५) 

१. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।

२. प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ।

३. प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।

४. प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ।


२१ खाद्य सम्बन्धी हक (धारा ३६) 

१. प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ।

२. प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ।

३. प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।


२२ आवासको हक (धारा ३७) 

१. प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ।

२. कानून बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन।


२३ महिलाको हक (धारा ३८)

१. प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ।

२. प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ।

३. महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।

४. राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ।

५. महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ।

६. सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ।


२४ बालबालिकाको हक (धारा ३९) 

१. प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ।

२. प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ।

३. प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ।

४. कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन।

५. कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन।

६. कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

७. कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन।

८. प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ।

९. असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ।

१०. उपधारा (४), (५), (६) र (७) विपरितका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।


२५ दलितको हक (धारा ४०) 

१. राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ। सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ।

२. दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानून बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ।

३. दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानून बमोजिम विशेष व्यवस्था गरिनेछ।

४. दलित समुदायलाई आफ्नो परम्परागत पेशा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुनेछ  राज्यले दलित समुदायका परम्परागत पेशासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउनेछ।

५. राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमीन उपलब्ध गराउनुपर्नेछ।

६. राज्यले आवासविहीन दलितलाई कानून बमोजिम बसोबासको व्यवस्था गर्नेछ।

७. दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्नेछ।


२६ ज्येष्ठ नागरिकको हक (धारा ४१) 

ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।


२७ सामाजिक न्यायको हक (धारा ४२) 

१. सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका
व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ।

२. आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ।

३. अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ।

४. प्रत्येक किसानलाई कानून बमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउ बिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ।

५. नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जन आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानून बमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ।


२८ सामाजिक सुरक्षाको हक (धारा ४३)

आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आप्mनो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ।


२९ उपभोक्ताको हक (धारा ४४) 

१. प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ।

२. गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।


३० देश निकाला विरुद्धको हक (धारा ४५)

नै पनि नागरिकलाई देश निकाला गरिने छैन ।


३१ संवैधानिक उपचारको हक (धारा ४६)

यस भागद्वारा प्रदत्त हकको प्रचलनका लागि धारा १३३ वा १४४ मा लेखिए बमोजिम संवैधानिक उपचार पाउने हक हुनेछ।


मौलिक हकको कार्यान्वयन (धारा ४७)

यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ ।

मौलिक हक सँगै नागरिकले पालना गर्नुपर्ने कर्तव्य पनि संविधानमा उल्लेख गरिएको छ। नागरिकले पालना गर्नुपर्ने कर्तब्य भने यस्ता छन्

१.    राष्ट्रकप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु

२.    संविधान र कानुनको पालना गर्नु

३.    राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु

४.    सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु।

268Shares
 170

संविधान-२०७२ का १६ विशेषता

संविधान-२०७२ का १६ विशेषता
  • १. भाग ३५ , धारा ३०८  र अनुसूची ९ वटा रहेको यो संविधान लचिलो प्रकारको छ । संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन गरिरहनुपर्दैन, संसदको दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ ।
  • २. संविधानले संघीयतालाई आत्मसात गरेको छ । सात प्रदेशको समग्र खाका आएको छ । यसलाई परिमार्जन गर्न या थपघट गर्न सकिने संविधानभित्रै ठाउँछ । प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाइले गर्नेछ भने सीमांकन आयोगमार्फत हुनेछ ।
  • ३. शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसदका सदस्यहरुले गर्छन् भने प्रधानमन्त्री संसदबाट छानिन्छ ।
  • ४. सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ ।
  • ५. संसदमा समावेशी प्रतिनिधित्व हुनेछ । मिश्रति निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई संसद रहनेछन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य हुने छन् । राष्ट्रिय सभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनित तीनसहित ५९ सदस्य हुनेछन् ।
  • ६. संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना हुनेछ । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद बन्नेछ । चुनाव हारेका व्यक्ति मन्त्री बन्न पाउँदैनन् । प्रदेश सभा एक सदनात्मक हुनेछ । ७. सात प्रदेशका कुल सांसद पाँच सय ५० हुनेछ । प्रादेशिक संसदका कुल सांसदको २० प्रतिशत नबढ्ने गरी प्रान्तीय मन्त्रिपरिषद बन्नेछ । केन्द्रमा जस्तै प्रदेशमा पनि प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ कोटामा ४० प्रतिशत सीट संख्या हुनेछ ।
  • प्रदेश सभाले आफ्नो राजधानी तय नगर्दासम्म नेपाल सरकारले तोकेको स्थानबाट कार्यसञ्चालन हुनेछ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन गरिएको छ । प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरुको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था गरिएको छ ।
  • ८. संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ । तर, धर्मनिरपेक्षताको व्याख्या गर्दै भनिएको छ- धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता बुझ्नुपर्नेछ ।
  • ९. मौलिक हकसम्बन्धी वृहत व्यवस्था गरिएको छ । महिला र दलितलाई विशेष आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतका हकहरुलाई मौलिक हक अन्तरगत राखिएको छ । तर, यसको प्रयोग ‘कानून बमोजिम हुने’ भनेर संकुचन गरिएको गुनासो पनि आएको अवस्था छ ।
  • १०. न्यायपालिका अन्तरगत केन्द्रमा सर्वोच्च अदालत रहने छ भने सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था गरिएको छ । प्रदेशहरुमा उच्च अदालत रहनेछ भने जिल्ला सदरमुकाममा जिल्ला अदालतहरु रहनेछन् ।
  • ११. नागरिकतासम्बन्धी प्रावधानमा वंशजको नागरिकता लिने प्रयोजनका लागि आमा वा बाबुको प्रावधान राखिएको छ । मधेसीहरुको मागलाई पनि नागरिकतामा समेटिएको छ ।
  • १२. मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग बनाइने प्रावधान छ । सबै माृतभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा नेपाली भाषाको प्रयोग हुनेछ ।
  • १३. राष्ट्रिय जनावर गाईलाई राखिएको छ । राष्ट्रिय भन्डा र राष्ट्रिय गान यथावत नै राखिएको छ ।
  • १४. स्थानीय निकायको हकमा सरकारले गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्सरचना गर्नेछ भने त्यसअघि स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा गरिएको छ ।
  • १५. चार वर्षका लागि निर्वाचित भएका संविधानसभाका सदस्यहरु बाँकी कार्यकालका लागि (बढीमा साढे तीन वर्ष) रुपान्तरित व्यवस्थापिका संसदको सदस्यका रुपमा कायम रहने छन् । तर, ०७४ साल माघभित्रै आम चुनाव घोषणा भएको अवस्थामा उम्मेद्वारी मनोनयनका दिनसम्म मात्रै उनीहरुको पदावधि रहनेछ ।
  • १६. यो संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा छ । यी पदाधिकारीहरुको चयनको तिथि संसद अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन सुरु भएको दिनबाट गणना हुने छ । चालू अधिवेशन अन्त्य भएमा पनि संविधान जारी भएको सात दिनभित्रै अधिवेशन आह्वान गर्नुपर्ने संक्रमणकालीन व्यवस्था छ ।

Monday, September 24, 2018

कर्मचारीतन्त्रका विशेषता

काठमाडौ, २२ भदौ(ओएनएस) :  ‘भाषण नगर काम गर’ नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । यस सन्दर्भमा एक विज्ञका नजरमा हाम्रो प्रशासन संयन्त्र कस्तो देखिन्छ त ?
१. बिजी फर बिजी बट नट बिजनेस
हाम्रो कर्मचारीतन्त्र सधैँ व्यस्त देखिन्छ । अहिले पनि तपाईंले कुनै सचिव, सहसचिवलाई फोन गर्नुभयो भने कि त तिनका पीएले ‘उहाँ बिजी होइसिन्छ, मिटिङमा होइसिन्छ’ भन्नेछन् कि ती प्रशासक स्वयंले आफ्नो मिटिङ र व्यस्तताको जानकारी दिनेछन् । सधैँ व्यस्तै व्यस्त देखिन्छ तर, उपलब्धि केही छैन ।
२. डाइनोसर प्रवृत्ति
हाम्रो प्रशासनतन्त्र यति धेरै समस्याग्रस्त भइसक्यो कि अब यो कहिल्यै सुध्रिन सक्दैन भन्ने आमधारणा नै बनिसक्यो । त्यसैले, यो डाइनोसरजस्तै सिद्धिन सक्छ तर सुध्रिन सक्दैन भन्न थालिएको छ ।
३. कर्मचारी होइन, संयन्त्र समस्या
समस्या व्यक्तिका रूपमा कर्मचारी होइनन्, संयन्त्र हो भनिन्छ । अर्थात्, यो कर्मचारीतन्त्र असल मान्छेहरुको खराब जमघट हो । किनभने, लोक सेवा आयोगले राम्रामध्येका पनि राम्राराम्रा मान्छे छानेर पठाउँछ तर यस संयन्त्रभित्र छिरिसकेपछि ती राम्रा मान्छेबाट राम्रा काम भएको विरलै देख्न पाइन्छ ।
४. आफै सुध्रिँदैन, सुधार गर्नेले सुधार्दैनन्
जति कुरा गरे पनि, कर्मचारीको जति आलोचना गरे पनि राणाकालदेखि हालसम्मै हाम्रो प्रशासनतन्त्र राजनीतिक निर्देशनबाट चल्ने हो । त्यसैले यिनले आफै सुधार गर्ने होइन । यी केवल सुधारका संवाहक मात्र हुन् । तर, सुधार गर्नेले गर्दैनन् । सुधार गर्नुपर्ने राजनीतिक तहबाट हो ।
५. जनताको काम, कहिले होला ठामको ठाम ?
राजाका काम कहिले जाला घाम भन्ने प्रवृत्ति गणतन्त्र आएको सात वर्षपछिसम्म पनि ज्यूँदै छ । अब भन्नुपर्ने भएको छ, जनताको काम कहिले हुन्छ ठामको ठाम ?
६. मगन्तेतन्त्र
यो सधैँ माग्नेजस्तो देखिन्छ । जहिले पनि खान नपाएको मात्र कुरा मात्र गर्छ । काम नपाएको कुरा कहिल्यै गर्दैन । भएको काम पनि टार्छ, प्रभावकारी रुपमा नतिजामुखी भएर कहिल्यै गर्दैन ।
यति भन्दाभन्दै पनि सेना युद्धको बेलाको शक्ति भएजस्तै शान्तिकालको शक्ति निजामती प्रशासन नै हो । सरकारको शक्तिको केन्द्र हो, नागरिक प्रशासन । सरकारको इन्जिन हो । यसैमार्फत् सेवा प्रवाह हुन्छ । विकास यही संयन्त्रमार्फत हुन्छ । न्याय र शान्ति सुरक्षाका काम पनि यही संयन्त्रबाट हुन्छ । यो छ र त यसबारे टिप्पणी गरिरहेका छौँ ।
(जनप्रशासन क्याम्पसका उपप्राध्यापक पाण्डे जनप्रशासन संघका महासचिव पनि हुन् ।)

दोहोरो लेखाप्रणालीको संक्षिप्त परिचय दिनुहोस् र यसका उद्देश्यहरु लेख्नुहोस् ।

दोहोरो लेखाप्रणालीको संक्षिप्त परिचय दिनुहोस् र यसका उद्देश्यहरु लेख्नुहोस् ।
नयाँ स्रेस्ता प्रणालीको परिचय दिनुहोस् । यसका विशेषता पनि लेख्नुहोस ।
दोहोरो लेखाप्रणाली / नयाँ स्रेस्ता प्रणाली
अठारौं शताब्दीमा खरिदार गुणावन्तले तयार पारेको स्याहा स्रेस्ता प्रणाली नेपालको पहिलो स्रेस्ता प्रणाली हो । स्याहा स्रेस्ता प्रणाली वि.सं. २०१७ मा भुक्तानी स्रेस्ता प्रणालीको कार्यान्वयन नभएसम्म प्रयोगमा आइरह्यो । उक्त भुक्तानी स्रेस्ता प्रणालीलार्ई केही परिमार्जन गरी वि.सं. २०१८ सालमा नयाँ स्रेस्ता प्रणाली कार्यान्वयनमा आयो जुन अहिले पनि छ । नयाँ स्रेस्ता प्रणाली दोहोरो स्रेस्ता प्रणालीमा आधारित छ ।
बुझ्न र प्रयोग गर्न सजिलो छ । यसमा एकरुपता छ । यसमा बजेट शीर्षक अनुसार स्रेस्ता राख्न सकिन्छ । यसले छुट्टाछुट्टै प्रतिवेदन फारामको पनि व्यवस्था गरेको छ ।
कुनैपनि कारोबार गर्दा दुईपक्ष प्रभावित हुन्छन । यसरी कुनै कारोबारले पार्ने दोहोरो प्रभावको लेखा राख्ने प्रणाली दोहोरो लेखा प्रणाली हो ।
यसमा प्राप्त गर्ने पक्ष डेविड र गुमाउने पक्ष क्रेडिट हुन्छ । यसमा दुबैपक्षमा बराबर प्रभाव पर्ने हुँदा Debit-Credit बराबर हुन्छ ।
यो १४ औं शताब्दीमा इटालीमा प्रतिपादन गरिएको लेखा प्रणाली हो ।
नयाँ स्रेस्ता प्रणालीका फाइदाहरुः
सन्तुलन परीक्षणको गर्न सजिलो हुने,
निश्चित अवधिको नाफा नोक्सान थाहा हुने
आन्तरिक नियन्त्रण तथा लेखा परिक्षण गर्न सजिलो हुने,
बजेट नीति÷योजना निर्माणमा मद्दत हुने,
त्रुटी पत्ता लगाउन सजिलो हुने हँुदा प्रतिवेदन भरपर्दो हुने ।
नयाँ स्रेस्ता प्रणालीका उद्देश्यहरु ः
कारोबारको सही अभिलेख राख्ने
बजेटको सीमा नाघ्न नदिने
जिन्सी सामानको उचित संरक्षण गर्ने
कार्यक्रमको उपलब्धी मूल्यांकन गर्ने
आवधिक प्रतिवेदन तयार गर्न आवश्यक सूचना उपलब्ध गराउने
लेखापरीक्षण सरल र मितव्ययी बनाउने
आर्थिक अनुशासन र पारदर्शिता कायम गर्ने
नयाँ स्रेस्ता प्रणालीका विशेषताहरु ः
आधुनिक दोहोरो स्रेस्ता प्रणालीमा आधारित हुनु,
निश्चित ढाँचाका फारामहरुमा स्रेस्ता राख्ने व्यवस्था हुनु,
आन्तरिक नियन्त्रणको व्यवस्था हुनु,
सरलता, एकरुपता र परिवर्तनशीलता हुनु
केन्द्रीय स्तर र संचालन स्तरको व्यवस्था हुनु,
गोपनियता रहनु ।
कारोबारको दोहोरो प्रभाव देखिनेगरी स्रेस्ता राख्ने व्यवस्था हुनु,
प्रतिवेदन फारामहरुको छुट्टाछुट्टै व्यवस्था हुनु,
बजेट शीर्षक (राजश्व, धरौटी आदि) अनुसार स्रेस्ता राख्ने व्यवस्था हुनु, आदि ।

त्रि वि मा अवकास सम्बन्धी व्यवस्था (Retirement) : सेवा आयोग शैक्षिक सामग्री


सार्वजनिक प्रशासनमा सुशासनको अभ्यास र चुनौतिहरू


लोकराज भुसाल
विषय प्रवेश ः
सार्वजनिक प्रशासन सरकारको प्राविधिक साध्य मात्र होइन, यो त सरकारलाई जीवन्त बनाउने एउटा सशक्त माध्यम हो ।  दर्शनशास्त्रीहरूका अनुसार निजामति सेवाको आधिकारिक अर्थ राज्यको तर्फबाट नागरिकको हैसियतमा कार्य गर्ने निश्चित कार्यविधि र निर्धारित तलब, सुविधा उपभोग गर्ने कलमजीवी, श्रमजीवी, पेशाकर्मीहरूको समूह हो अर्थात् सरकारका नीति तथा कार्यक्रमहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने एउटा औपचारिक तथा आधिकारिक सङ्गठित स्थायी संरचना हो । राज्यको उद्भवदेखि हालसम्म आउँदा यो नै राज्य सञ्चालनका निर्विकल्प माध्यम रहँदै आएको छ । भविष्यमा पनि यसको विकल्प पाउने सम्भावना देखिँदैन । यसो हुनुमा निजामति प्रशासनको खास निश्चित विशेष विशेषता र क्रियाशीलता वाहेक अन्य कुनै आधार छैनन् । यसको पूर्ण विकल्पको सम्भावना भएको भए यसलाई जरैदेखि उखलेर र परिवर्तन गरी विकल्पको संरचना खडा गर्ने प्रयास पनि नभएका होइनन् र त्यस प्रकारका चिन्तन र वर्ग पनि हाम्रो समुदायमा उपस्थित छ । तर त्यो सम्भव भएन । यो राजनीतिको अभिन्न अङ्ग र अविछिन्न सहभागीको रूपमा उपस्थित भैरहेको छ । विभिन्न राजनीतिक वैचारिक दर्शनका अनुयायी राजनीतिज्ञहरूले यसका इतिहासिक कालदेखि नै विभिन्न विकल्प सहितको खोजीको प्रयास गरेको पाइन्छ । समाजवादीहरूले यसलाई अवसरवादी बुर्जुवा वर्गको प्रतिनिधिको रूपमा विश्लेषण र व्यवहार गर्दछन् भने लोकतान्त्रिक दर्शनका अनुयायीहरूले यसलाई राज्य सञ्चालनको मुख्य अङ्ग मानेता पनि यसलाई मुक्त कण्ठले प्रशंसा तथा कदर गर्दैनन् वा हिचकिचाउँछन् । निजामति सेवाभित्र लुकेर छिपेर रहेको कर्मचारीतन्त्रीय शैली र संस्कारका कारण उदार लोकतन्त्रवादीहरू यसको खरो आलोचना गर्दछन् । त्यसैगरी राजनैतिक संस्कार र सभ्यताको विकास भैनसकेको समाजमा निजामति सेवाको स्थायी, वृत्ति विकास, अवसरहरूलाई सहजै स्वीकार गर्न नसकी इष्र्या गर्न समेत पछि नपरी अकर्मण्यता देखाउँदै यसको कटु आलोचना गर्दछन् । नागरिक समाज, मानव अधिकारकर्मीहरूले यसलाई समाजका साधन श्रोतको प्रयोग गर्ने भएको हुनाले सधै आलोचना गरिरहेका हुन्छन् । अनुसन्धानकर्ताहरूले समेत वौद्धिक विश्लेषण तथा नविनतम विषयवस्तुको सृजना एवं खोजका लागि पनि यस क्षेत्रलाई आलोचना गर्न पछि पर्दैनन् । यसरी निजामति सेवाप्रति चौतर्फी आलोचना भए पनि सबै प्रकारका असजिलो परिस्थितिबाट आफूलाई परिस्कृत गर्नु, सुध्रिनु, निखारिनु र पारदर्शिता गर्ने, जनताको सेवामा अहोरात्र खटी सेवाग्राहीको मनलाई जित्नु मात्र होइन, आवश्यकता अनुसारको सहज उपस्थिति र गुण स्तरीय मर्यादित एवं जनउत्तरदायी सेवा निरन्तर उपलब्ध गराउन कर्मक्षेत्रमा खटिरहनु वाहेक निजामति सेवाको अर्को वैकल्पिक पथ (मार्ग) हुन सक्दैन, तन, मन, वचन र कर्मले जनताको उत्तरदायी सेवा गर्नु नै नागरिक प्रशासनको प्रमुख र प्राथमिक दायित्व हो । तसर्थ यस सेवाले सधै वचन होइन, विवेक र कर्ममा विश्वास दिलाउनु सक्नु पर्दछ र सँधै जनताको सेवामा समर्पित रहनु पर्दछ ।
निजामति सेवा कानुन कार्यान्वयन गर्ने सरकारको महत्वपूर्ण संयन्त्र हो, जसले सरकारको नीति निर्माण गर्न र विधायिकाबाट निर्माण भएको ऐन, कानुनहरूलाई विना अवरोध प्रभावकारी रूपमा कार्यान्वयन गर्न कटिवद्ध हुन्छ । समाजशास्त्री डेविड बिथमले निजामति प्रशासन राज्यको इच्छाशक्तिलाई व्यवहारमा साकार बनाउने महŒवपूर्ण शक्ति भनी परिभाषित गरेका छन् । यसरी राजनैतिक इच्छाशक्तिलाई व्यवहारमा रूपान्तरण गर्ने महत्वपूर्ण माध्यमको रूपमा निजामति कर्मचारीतन्त्रलाई लिइन्छ । राजनीतिक शक्तिले कर्मचारीतन्त्र विना आफ्नो दृष्टिकोण, मिसन अनुरूपका क्रियाकलापहरूलाई व्यवहारमा कार्यान्वयन गराउन सक्दैन । त्यसैले राजनीतिक प्रणालीको भरपर्दो र विश्वासिलो प्रभावकारी सल्लाहकारी संयन्त्र नै निजामति कर्मचारीतन्त्र हो । राजनीतिज्ञहरूले जनताका पिर, मर्का तथा आवश्यकताहरूलाई बुझेका हुन सक्छन् तर आधुनिक प्रविधि विज्ञानसँग सम्बन्धित विशिष्टकृत ज्ञान र सिप हासिल गरेका नहुन सक्छन् । यस परिस्थितिमा उपर्युक्त ज्ञान, सिप र कला कर्मचारीहरूबाट नै पूर्ति गरिनु पर्दछ । राजनीतिज्ञहरूमा राष्ट्र निर्माण गर्ने आदर्श इच्छाशक्ति सहितको दूरदृष्टि र कर्मचारीतन्त्रमा नविनतम सोच, विवेक, नैतिकता, तथा विज्ञान प्रविधि र कलासम्बन्धी व्यवसायिकता भएमा यी दुबै शक्तिको प्रभावकारी संयोजन र जनउत्तरदायी कार्यदिशा सहित प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र मुलुक निर्माण गर्नु सम्भव हुन्छ । त्यसैले मुलुकमा विधिको शासन र सुशासनलाई साकार, सक्षम बनाउन, राजनीतिज्ञ र कर्मचारीतन्त्रबीच सौहाद्रपूर्ण सम्बन्ध र निश्चित लक्ष्मण रेखा सहित एक–आपसमा भरपर्दो विश्वासिलो वातावरण हुनु पर्दछ । लोकतन्त्र उत्तरदायी र जिम्मेवार व्यवस्था हो । कानुनको सर्वोच्चतालाई आत्मसात गरी कार्य गर्ने संस्कारको विकास भएमा मात्र विधिको शासन र जनउत्तरदायीपूर्ण नागरिक सरकारले साकार, स्थायित्व ग्रहण गर्न सक्दछ । कर्मचारीतन्त्रमा देखिने ढिलासुस्ती, जिम्मेवारी पन्छाउने प्रवृत्ति, दलीय प्रभावका आधारमा वा कुनै दवावमूलक संस्थाको प्रभावमा काम गर्ने मनस्थिति, मौसम अनुसारको रङ फेर्ने (छेपारो) प्रवृत्ति, कामप्रति निष्ठावान इमान्दारिताको कमी हुनु, बढ्दो भ्रष्टाचार, वृत्ति विकासको अनिश्चितता, काम गर्ने उत्प्रेरणाको कमी हुनु, दण्ड, पुरस्कारको यथोचित प्रयोग हुनु नसक्नु, समयानुकुल व्यावसायिक सिप, ज्ञानको विकास गराउन नसक्नु, बढ्दो राजनीतिक हस्तक्षेप, तथा निजामति क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूको संस्थागत एवं संस्कारमा विकास हुन नसक्नु जस्ता निजामति प्रशासनका लागि आवश्यक पर्ने मैत्रीपूर्ण वातावरणको अभावले गर्दा निजामति प्रशासनले जुन ढङ्गले बद्लिँदो राजनीतिक परिवेश अनुसार जनउत्तरदायी सेवा प्रवाह गर्न सक्षम हुनु पर्दथ्यो वा जनताको आस्था र विश्वास जित्न सक्नु पर्दथ्यो, त्यो हुन नसकिरहेको मात्र हैन, प्रायः असफल सावित भैरहेको छ । निजामति सेवाको मूल मर्म र कर्तव्य अनुरूप सेवा क्षेत्रमा खरो र अविचलित रूपमा राज्यको अङ्गको रूपमा उपस्थित हुन र गराउनका लागि केही अत्यन्त महत्वपूर्ण कार्यहरू राज्यले प्रभावकारी कार्यान्वयन गराउन कोड तथा इथिक्स लागु गरिनु पर्दछ । ती विषयहरू मूलतः निजामति सेवालाई राजनीतिबाट हस्तक्षेपविहीन बनाउने, सेवालाई व्यावसायिक, दक्ष, क्रियाशील, उत्पादनमुखी, सेवामुखी, तथा जनउत्तरदायी सेवा प्रदायक निकायको रूपमा विकास गर्न जरुरी छ । त्यसका लागि स्वस्थ प्रतिस्पर्धाको आधारमा योग्यता प्रणालीलाई आत्मसात गर्ने, वृत्ति विकासमा पारदर्शिता एवं कुशल गुण स्तरीय व्यवस्थापन, दक्षता अभिबृद्धि समयको सदुपयोग, गुण स्तरीय सेवाको विकास, काम–कारवाहीमा सामाजिक परिक्षण प्रणालीको प्रयोग जस्ता व्यवस्था कार्यान्वयन गराई जनउत्तरदायी सेवाको सुनिश्चितता गराउनु पर्दछ।
निजामति सेवा सरकारको मुख्य कामको सम्पादनमा र सेवाग्राहीको सेवामा तल्लीन हुनै पर्दछ। अनावश्यक दरबन्दी, दरबन्दी र पद अनुसारको कार्य विनियोजनको अनिश्चितता, भौतिक वातावरणको अभाव भएको कार्यथलो, परम्परागत कार्यशैली, न्यून स्तरको पारिश्रमिक सुविधा तथा शान्ति सुरक्षाको अभाव र उच्च राजनैतिक हस्तक्षेप जस्ता प्रभाव पार्ने तत्वहरूमा आमूल परिवर्तन गरी निजामति सेवालाई जनमुखी व्यावसायिक र कामकाजी अङ्गको रूपमा विकास गरी मूलतः सेवाग्राहीमुखी बनाउनु आजको आवश्यकता हो । सुशासन सञ्चालन तथा व्यवस्थापन र सूचनाको हकसम्बन्धी ऐन लागु भैसकेको सन्दर्भमा यसलाई जीवन्त, जनउत्तरदायी र नागरिकको पक्षमा न्याय दिलाउन कर्मचारीतन्त्र अर्थात् नागरिक प्रशासनबाट गरिने काम–कारवाही, गतिविधि, उपलब्ध गराउने सेवा गुण स्तरीय, मर्यादित, तथा चुस्तदुरुस्त, पारदर्शी र विधिको शासनमा आधारित हुनु पर्दछ र यसलाई उपर्युक्त मूल्य, मान्यता बमोजिम कार्यान्वयन गराउनु पर्दछ ।
अमेरिका लेखक एवं राष्ट्रपति वुड्रो विल्सनले आफ्नो पुस्तक द स्टडी अफ पब्लिक एडमिनिस्टे«सन, १९८७ ए.डी. मा सार्वजनिक प्रशासनलाई राजनीतिबाट पृथक संयन्त्रको रूपमा राज्यका गतिविधिको प्रभावकारिता अभिबृद्धिको माध्यमको रूपमा प्रयोग गरिने स्थायी संयन्त्र भनेका छन् । तसर्थ, सार्वजनिक प्रशासन भन्नाले निम्न अनुसारको खास संयन्त्रहरूलाई जनाउँछ ।
राज्य सञ्चालन गर्ने सरकारको साझेदार निकाय, उद्देश्यपरक पथप्रणालीगत एक सशक्त स्थायी संयन्त्र, जसले विकास सञ्चालनको माध्यमको भूमिका खेल्दछ । कार्यकारी मातहतमा रहने वैधानिक संयन्त्र, जसमा सरकार र नागरिकबीचको सम्बन्ध अन्तरिनिहित हुन्छ । नागरिकको हित र कल्याणका लागि राज्यका साधन तथा श्रोतहरूको परिचालन गर्ने निर्देशित, स्थायी संयन्त्र अर्थात् राज्यको नागरिकप्रति उत्तरदायी स्थायी सरकार हो ।
लोकतन्त्र नागरिकका हक र अधिकार सुरक्षित गरी समाजमा विधिको शासन स्थापना गर्ने उत्कृष्ट राजनैतिक  व्यवस्था हो । लोकतन्त्रमा जनताद्वारा चुनिएका जनताका प्रतिनिधिहरूले जनताको नै सेवा गर्ने पद्धति अवलम्वन गरिएको हुन्छ । राज्यसत्ता जनतामा हस्तान्तरण गर्न, समानताको सुनिश्चिता, विधिको शासन, निरङ्कुशता र स्वेच्छाचरिताको अन्त जस्ता मूलभूत चरित्र लोकतान्त्रिक व्यवस्थाका आदर्श हुन् । यिनै मूलभूत सिद्धान्त र आदर्शको जगमा रहेर राजनैतिक व्यवसायको अन्तरनिहित सिद्धान्त र नीतिहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट नागरिक प्रशासनले कार्यान्वयन गराई नागरिकहरूको सेवा गर्नु पर्दछ । यसैलाई लोकतान्त्रिक व्यवस्थामा सुशासन भनिन्छ ।
नागरिक प्रशासनाबाट सुशासन कायम गर्न÷गराउन देहायका नीति र सिद्धान्तलाई आत्मसात गरी प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ अर्थात् लोकतान्त्रिक निजामति सार्वजनिक प्रशासन सुशासनका मूलभूत सिद्धान्तहरू यी हुन सक्छन् ।
राष्ट्र र जनताको बृहत् हित गर्ने, समन्याय र समावेशी चरित्र, कानुनको शासन, मानव अधिकारको प्रत्याभूति, पारदर्शिता, वस्तुनिष्टता, जवाफदेहिता र इमान्दारिता भएको अािर्थक सुशासन तथा भ्रष्टाचारमुक्त, जनमुखी भैकन इमान्दारी प्रशासन सेवा, प्रशासन संयन्त्रको तटस्थता, निस्पक्षता तथा दक्षता सहितको कुशल व्यावसायिकता भएको, प्रशासनिक संयन्त्र, निर्णयमा सर्वसाधारणका पहुँच भएको हुनु पर्दछ । विकेन्द्रीकरण तथा अधिकार निक्षेपण प्रत्यायोजन भएको, स्थानीय साधनश्रोतको उपयोग गर्ने क्षमता र जनसहभागिताप्रति समर्पित सिद्धान्तलाई आत्मसात गरिएको प्रशासन नै लोकतान्त्रिक सुशासनप्रति जिम्मेवार सार्वजनिक प्रशासन मान्न सकिन्छ र यसै अनुरूप हुनु पर्दछ ।
सार्वजनिक–निजामति प्रशासनले सुशासनका लागि कार्य सम्पादन गर्दा पालना गर्नु पर्ने मूलभूत कार्यविधि निम्न अनुसारका हुनु पर्दछ ः
निश्चित कार्यावधि अवलम्वन, निश्चित समयावधिभित्र निर्णय गर्नुको साथै निस्पक्ष तथा पारदर्शी निर्णय प्रक्रिया र आधार तथा कारण सहितको निर्णय, निष्कर्ष नबाझिने गरी स्पष्टता सहितको निर्णय गर्ने, सार्वजनिक चासोको विषयमा नागरिकहरूसँगबाट तत्कालको बचावटका लागि जिम्मेवारी पन्छाउने प्रकृतिको अन्त गर्ने, सिप र पेशागत आचरणको पालना गरी मर्यादा सहितको परिय, उत्तरदायित्व सेवाग्राहीको सम्मानमा आधारित बनाउने, सेवालाई मितव्ययी तथा पारदर्शी बनाउन नागरिकता वडा पत्रको प्रयोजन, सार्वजनिक सुनुवाइ, सूचनाको हक, गुनासो सुन्ने संयन्त्र सूचना प्रविधिको उच्च प्रयोग कार्य सम्पादनको अनुगमन, मूल्याङ्कन समिक्षा, तथा अर्धवार्षिक, वार्षिक प्रगति, समीक्षा जस्ता आधारभूत मूल्य, मान्न्यता र संस्कार सहितको सार्वजनिक प्रशासनबाट सुशासनलाई प्रत्याभूत गर्न सकिन्छ ।
नेपालको सार्वजनिक प्रशासनको वर्तमान अवस्था ः
राजनैतिक सङ्क्रमण कालीन जटिल परिस्थितिका कारण स्वाभाविक रूपमा सार्वजनिक प्रशासनमा पनि यसको प्रभाव परेको पाइन्छ । विद्यमान केन्द्रीकृत प्रशासनिक प्रणालीको कार्यान्वयनका कारण जनआन्दोलन २०६२–६३ को परिवर्तनपछि स्थापना भएको लोकतान्त्रिक व्यवस्थामा पनि प्रशासनिक सेवाको पहुँचमा परिवर्तनको अनुभूति गर्न सकिरहेको देखिँदैन । सार्वजनिक प्रशासनमा अझै पनि स्पष्ट तथा वैज्ञानिक साङ्गठनिक संरचना, चुस्तदुरुस्त पारदर्शी तथा जनप्रेमी, जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रणालीको अभाव, नागरिक सेवा प्रवाहको गुण स्तरीयता, विश्वसनीयता, सेवा प्रवाह, प्रदायकको आचरण, कार्य संस्कृति, कार्यशैली र सोही अनुसारको व्यवहारमा परिवर्तन हुन सकिरहेको छैन । कर्मचारीतन्त्रको आचरणमा सुदृढीकरण भ्रष्टचारितामा न्यूनीकरण, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिपूर्ण भावना सहितको आत्मबोध तथा बदलिँदो राजनैतिक व्यवस्था अनुरूप नेतृत्व र प्रशासन संयन्त्रबीचको कुशल अन्तरसम्बन्ध जस्ता महŒवपूर्ण विषयहरू उपर उल्लेखनीय तथा नागरिकले अनुभूति गर्न सकिने परिवर्तन हुन सकेको देखिँदैन । संविधा सभामा ३३ प्रतिशत महिला सहभागिता, उल्लेख्य विभिन्न जाति÷जनजाति, अपाङ्ग, मधेशी, दलित तथा पिछडिएको क्षेत्र लगायतका अल्पसङ्ख्यक तथा सिमान्त वर्गहरूको प्रतिनिधित्व गराउनु राजनैतिक ढङ्गले उत्साहजनक सहभागिता तथा समावेशी चरणको विकासका लागि कोसेढुङ्गा सावित भएको छ । अल्पमतमा रहेको राजनैतिक विचार, दृष्टिकोणको नेतृत्वको प्रतिनिधित्वका लागि गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीेमा मतदानका व्यवस्था गरिनु लोकतन्त्रको सुन्दर पक्ष मान्न सकिन्छ । त्यसैगरी सार्वजनिक प्रशासनमा समेत सबै जाति, क्षेत्र र वर्गको समावेशीकरणका लागि आवश्यक कोटा प्रणाली कार्यान्वयनमा लैजानु, सिद्धान्ततः विकासोन्मुख मुलुकको चरित्रको रूपमा स्विकार गरिएता पनि दीर्घ कालमा यसको निरन्तरता त्यति उर्वर, उत्तम तथा दिगो विकासका लागि प्रभावकारी बन्न नसक्ने मात्र होइन, प्रतिभाशाली तथा मेधावी जनशक्तिहरूको सार्वजनिक प्रशासनका सेवा क्षेत्रबाट पलायन भै वा प्रवेश नै नगरी सार्वजनिक सेवाको कार्यक्षमता अत्यन्तै कमजोर फितलो र उत्पादन प्रणालीसँग मेल नखाने डम्बिङ सेक्टरको रूपमा विकास हुने सम्भावना देखिरहेको कुरा सार्वजनिक प्रशासनका उत्प्रेरक विद्वानहरूले औल्याइरहेको पाइन्छ ।
यसरी सार्वजनिक सेवामा कोटा प्रणालीको थालनीभन्दा जनशक्तिको उत्पादनको क्षेत्रमा अर्थात् शिक्षा स्वास्थ्य तथा उत्पादन क्षेत्रमा पिछडिएको, आर्थिक रूपले विपन्न वर्गसमुदायलाई विशेष सहयोगका कार्यक्रम सञ्चालनमा ल्याई उनीहरूको क्षमता विकास गराई सार्वजनिक क्षेत्रमा पहुँच बढाइदिन सकेको भए २१ औँ शताब्दीको माग अनुरूपका गुण स्तरीय सार्वजनिक सेवाप्रति कुनै सौदावाजी गर्न आवश्यक पर्ने थिएन । त्यसका साथै आर्थिक रूपले पिछडिएको वर्गसमुदायलाई आवश्यक प्रवद्र्धन गर्नु पर्ने मुख्य दायित्वबाट सरकारका निकायहरू नजानिँदो तरिकाबाट पन्छिन पाइने अवस्था आउने थिएन ।
उपर्युक्त पृष्ठभूमिमा उभिएको नेपालको सार्वजनिक प्रशासनका उल्लेख्यनीय अवस्थाहरू निम्न अनुसार छन् ः
१. सरकारले निजामति सेवा, ऐन–नियमको संशोधन गरी कार्यक्षेत्र सरुवाको थालनी गरेको छ । तर निजामति कर्मचारीहरूको सङ्ख्या कति हुनु पर्ने वा हुने मात्र विषयमा कुनै खास अनुसन्धा, विश्लेषण गरिएको छैन । सामान्यतः जनसङ्ख्याको बृद्धि र सेवाको आवश्यकता अनुरूप मौजुदा जनशक्तिको दरबन्दी अत्यन्त न्यून देखिन्छ ।
२. उत्कृष्ट प्रतिभाहरूलाई सार्वजनिक निजामति सेवामा आकर्षित गर्नुभन्दा पनि विभिन्न कारणबाट ह«ासमेन्ट गराइएको छ, जसबाट प्रतिभा पलायान भइरहेको छ ।
३. कर्मचारीहरूको दैनिक जिविकोपार्जनयोग्य तलब, भत्ता तथा अन्य आवश्यक आवासीय भत्ताको व्यवस्था हुन सकेको छैन । बजार मूल्यको आधारमा एक सानो परिवारको भरणपोषण गराउन सक्ने व्यवस्था गरिएको छैन, जसबाट कर्मचारीहरू अपारदर्र्शी कार्य गर्नका लगि यो वा त्यो ढङ्गबाट संलग्न रहने वातावरण सृजना गरिएको छ ।
४. कर्मचारीहरूलाई सेवा क्षेत्रमा निर्धक्क र शान्तिपूर्ण अवस्थामा सुरक्षित कार्य गर्ने, मैत्रीपूर्ण वातावरण सृजना हुन सकिरहेको छैन । हस्तक्षेप र असुरक्षापूर्ण वातावरण बढ्दै गइरहेकोे छ ।
५. स्थानीय निका, खास गरी गाविसमा कार्यरत कर्मचारीहरूलाई राजनैतिक नेतृत्वको भूमिका समेतको जिम्मेवारी लामो समयसम्म गर्नु पर्दा असुरक्षित र द्वन्द्वमा फस्नु परेको, साथै अराजकता भई अनियमित कार्यहरूको कार्यान्वयनको संस्कार समेत राष्ट्रले बेहोर्नु परिरहेको देखिन्छ ।
६. महिला विकास विभाग तथा हुलाक सेवा विभाग मातहतमा कर्मचारीहरूको सेवा, शर्त, सुविधाको अनिश्चितता तथा विभेदपूर्ण अवस्थताले सेवाका उत्प्रेरणा जगाउन सकिरहेको छैन ।
७. इतिहासमा नै पहिलो पटक निजामति सेवा ऐनमा २४ (घ) १ प्रावधान सृजना गरी बढुवा गरिएको कर्मचारीहरूलाई पद अनुसारको कार्य, जिम्मेवारी नगराउनु केवल स्तर उन्नति तथा पारिश्रमिकको व्यवस्था गरी राष्ट्रसेवकको मनोवल गिराउने र सेवा क्षेत्रमा खटिराख्न उत्प्रेरणा प्रदान गराउन नसकी सेवा तथा उत्पादन  क्षेत्रमा हास ल्याइएको छ । यसबाट सार्वजनिक सेवामा अर्को द्वन्द्व विस्तार भई नागरिक प्रशासनमा नकारत्मक प्रभाव परेको छ ।
८. जनउत्तरदायी तथा क्षतिपूर्ति सहितको सार्वजनिक, नागरिक सेवा प्रवाहको ग्यारेण्टी हुन सकेको छैन, जसले गर्दा राजनैतिक परिवर्तनपछि आवश्यक पर्ने आर्थिक तथा सामाजिक परिवर्तन हुन सकिरहेको देखिँदैन ।
९. स्थानीय स्तरका प्रारम्भिक, आधारभूूत सेवा केन्द्रमा खटिई कार्य गर्ने सबै क्षेत्र र विषयका प्राविधिक, कृषि, भेटेरिनरी, स्वास्थ्य वन, इन्जिनियरिङ सर्भे क्षेत्रका प्राविधिकहरूलाई सेवामा आकर्षित तथा समानुकुल दक्षता बृद्धिका अवस्था सृजना गर्न÷गराउन नसकी मर्यादित रूपमा परिचालन गराउन र सेवा उत्पादन क्षेत्रमा पर्याप्त ढङ्गले परिचालन गर्न सकिरहेको देखिँदैन ।
१०. वैज्ञानिक पूर्ण अनुमानयोग्य सरुवा प्रणालीको व्यवस्था नहुँदा यस कार्यमा विभिन्न हस्तक्षेप, प्रभाव पर्न गई सार्वजनिक प्रशासनको मूल्य, मान्यता विपरीत विकृत संस्कृतिको विकास भएको छ ।
११. कर्मचारीहरूको कार्य विवरण तथा वर्गीकरण वैज्ञानिक ढङ्गले भइरहेको छैन तथा मूल्याङ्कन परिपार्टी पनि व्यवस्थित वैज्ञानिक तथा पारदर्शी हुन सकेको छैन, जसले गर्दा कार्यान्वयन मूल्याङ्कन मूलतः असफल एवं विभेदपूर्ण छ । परिणामस्वरूप कर्मक्षेत्रमा कर्तव्यनिष्ठताको बदला पहुँचवालाहरू नै प्रोत्साहन प्राप्त गर्न सक्षम भएको देखिन्छ ।
१२. प्रशासनिक नेतृत्वको संस्कार चरम लघुताभाषबाट प्र्रभावित छ भने राजनीतकि नेतृत्व प्रशासनिक नेतृत्वलाई मूलतः आफ्नो अनुकुल परिचालन गराई हस्तक्षेपकारी संस्कृति उन्मुख रहेको पाइन्छ । फलस्वरूप स्थायी सरकारको रूपमा स्थापित सार्वजनिक प्रशासनको आत्माको मृत्यु हुन लागिरहेको जस्तोे देखिन्छ ।
निजामति सेवाको संरचनात्मक अवस्था ः
निजामति सेवा ऐन २०१३ को कानुनी व्यवस्था अनुसार संस्थागत रूपमा विकास भएको नेपालको निजामति सेवा हाल आएर निजामति सेवा ऐन २०४९ को कानुनी धरातलमा निरन्तरता दिइरहेको देखिन्छ । राज्यका, कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका, संवैधानिक अङ्गहरू तथा कानुन अनुसार गठित समिति, परिषद्हरूमा कार्यरत सबै सेवा समूह, उपसमूहको संरचना नै निजामति सेवा हो । राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव पददेखि कार्यालय सहयोगीसम्मका सबै पदहरू समावेश छन् । ७५ वटै जिल्लामा कार्य सञ्चालन भएको सेवा केन्द्र र गाविससम्म सरकारको प्रतिनिधि उपस्थिति भै सेवा उपलब्ध गराउने संयन्त्र भएको यस संरचनामा हाल करिब ८०,००० कर्मचारी कार्यरत छन् । नेपालको जनसङ्ख्याको आधारमा आजभन्दा ४० वर्ष पहिले सृजना गरिएको यो सङ्ख्या हालको कार्यक्षेत्र जनसङ्ख्याको बृद्धि, सेवामा आएका विविधीकरण र सामाजिक रूपान्तरण र राजनैतिक परिवर्तन अनुरूपको आर्थिक, सामाजिक विकासका लागि गुण स्तरीय सेवा सबैका लागि सर्वसुलभ बनाउन यो सङ्ख्या अत्यन्तै न्यून र सङ्कुचित रहेको देखिन्छ । त्यसैले सावजनिक सेवाको पहुँच नागरिको पहुँचमा केवल १५ देखि २० प्रतिशत मात्र सीमित भएको देखिन्छ । अन्तर्राष्ट्रिय मान्यता र देशको वर्तमान परिस्थिति अनुसार जनसङ्ख्याको अनुपातमा १ देखि १.५ प्रतिशतसम्म दक्ष, सिपमुलक जनशक्तिको व्यवस्था गर्नु आजको आवश्यकता रहेको देखिन्छ । यस प्रकारको जनशक्तिको व्यवस्थापन गर्न सके सेवा तथा उत्पादन क्षेत्रमा अपेक्षाकृत परिवर्तन ल्याउन सकिन्छ ।
नेपाल सार्वजनिक–निजामति प्रशासनलाई नजिकबाट नियाँल्दा र यसको विगतको इतिहासको वर्तमानमा समीक्षा गर्दा निम्न अनुसारका मूलभूत सवल पक्षहरू देखिन्छन् ः
१. केन्द्रदेखि स्थानीय नियको वडा तहसम्म निजामति सेवाको संयन्त्र सहितको उपस्थिति रहेको ।
२. न्यून सङ्ख्यामा भए पनि दक्ष एवं सक्षम र विज्ञहरूको समावेश सार्वजनिक सेवामा भएको ।
३. आधुनिक सूचना प्रविधिका विभिन्न साधनहरूको प्रयोग गर्ने प्रणालीको थालनी भएको ।
४. दक्ष, सक्षम जनशक्तिहरूको विकास गर्न ज्ञान, सिप र धारणाका परिवर्तन गराउने कार्यक्रमहरूको कार्यान्वयन पक्ष अवलम्वन गरिएको ।
५. सेवाको स्थायित्व, सुनिश्चित तथा सुरक्षा र स्थायी सामाजिक सुरक्षाको व्यवस्था । ६. सार्वजनिक सेवामा टे«ड युनियन अधिकार र सामाजिक सौदावाजीको अभ्यासको प्रारम्भ भएको ।
नेपालको निजामति सेवाका कमजोरीहरू ः
१. परिवर्तित राजनीतिक व्यवस्था तथा परिस्थिति अनुसार कार्यक्षमता बढाउन     नसक्नु र परिवर्तनवाहकको भूमिका नागरिक सेवामा देखिन सकेको छैन । २. जनसङ्ख्याको अनुपातमा सङ्ख्यात्मक रूपमा कम जनशक्ति भएको र उपलब्ध जनशक्तिमा व्यवसायिक सिप तथा क्षमताको विकास हुन सकेको छैन । ३. सेवाग्राहीप्रति सोझो, स्पष्ट, पारदर्शीपन र जनउत्तरदायी भावनाको कमी देखिन्छ । ४. निर्णय पन्छाउने, जिम्मेवारी वहन नगर्ने र तर्क मात्र होइन, कुतर्क गर्ने प्रकृतिको विकास भएको नागरिक सेवकभन्दा शासकको भूमिकामा रमाउने प्रवृत्ति रहेको  । ५. परिणाममुखी, निजतामुखीभन्दा पनि निरन्तरतामुखी सेवामा निर्भर भएको देखिन्छ । ६. ट्रेड युनियनहरूको वैज्ञानिक व्यवस्थापन, उनीहरूमा ट्रेड युनियन संस्कृतिको विकास गराउन नसक्नु, आधिकारिक ट्रेड युनियनका लागि निर्वाचन गराउन नसक्नु र ट्रेड युनियनलाई लगाम विनाको घोडाको रूपमा विकास गराउनु प्रशासनिक क्षेत्रको अत्यन्तै कमजोर पक्ष मान्न सकिन्छ ।
नेपालको सार्वजनिक प्रशासनमा सुधारका लागि अवलम्वन गरिनु पर्ने महत्वपूर्ण विषयहरू निम्न अनुुसार छन् ः
१. राजनैतिक परिवर्तन र परिवर्तित जनताका अपेक्षा र आकाङ्क्षा अनुरूप उपलब्ध साधन, श्रोतका बीच समन्वय गरी नागरिकका अपेक्षाको पूर्ण सम्बोधन गर्न सक्षम बनाउनु पर्ने ।
२. विश्व परिस्थिति, २१ औँ शताब्दीको नागरिक प्रशासनको आवश्यकता र विकसित प्राविधिक र सूचना प्रणाली अनुरूप पेशाकर्मीहरूको कार्यदक्षता सिप र क्षमता बृद्धि गराउनु, प्रतिस्पर्धात्मक, गुणात्मक तथा परिणामनात्मक नागरिक सेवा प्रवाह गराउन सक्षम बन्ने ।
३. जीर्ण–दीर्घ रोगको रूपमा रहेको निजामति सेवाको अराजकता, भ्रष्टाचार, उत्तरदायित्वविहीन संस्कृति, शैली र प्रकृतिको समूल नष्ट गरी जनमुखी नागरिक सेवा प्रवाह गराउन सक्षम हुनु ।
४. पुरातन, सामन्तवादी कार्यशैली, संस्कृति, प्रविधि र प्रवृत्तिको विस्थापित गरी नविनतम, प्रविधिमूलक रचनात्मक र उत्पादनमूलक तथा लोकतान्त्रिक जनउत्तरदायी सेवा, संस्कृतिको संस्थागत विकास गराउने । ५. सार्वजनिक सेवाको आचरण व्यवहार कार्यशैली, संस्कृतिमा आमूल परिवर्तन गराई परिवर्तनको वाहक शक्ति बनाउने ।६. आन्तरिक तथा बाह्य रूपमा प्रतिस्पर्धी तथा उच्च, दक्ष, क्षमता, वहन जनशक्तिको सामान गर्ने, निजामति प्रशासनको विकास गराई नागरिकहरूबाट गरिने आलोचनाको प्रतिस्थापना र निजामति सेवाप्रति नागरिकको सामानलाई स्थापित गराउने । ७. ट्रेड यूनियनहरूको संस्कृतिमा सकारात्मक विकास गराई उनीहरूबाट गरिने अराजक, एवं हस्तक्षेप कार्य भूमिकाको सट्टा मर्यादित नागरिक प्रशासन र मर्यादित ट्रेड युनियन संस्कृतिको विकास गराई समग्र निजामति सेवामा उत्प्रेरणा जगाउने । ८. सार्वजनिक–निजामति प्रशासनलाई समयानुकुल प्रविधि र प्राविधिक व्यावसायिक सेवा सहितको नागरिक सेवामा आधारित आर्थिक सामाजिक रूपान्तरणको स्थायी मार्गको रूपमा स्थापित गराउने ।
निष्कर्ष ः
उपर्युक्त विभिन्न चुनौतीहरूलाई चिर्दै निजामति, सार्वजनिक प्रशासनलाई वास्तविक रूपमा नागरिकहरूको असल सेवकको र सरकारको कुशल प्रतिनिधिको रूपमा उपस्थित गराउनका लागि निजामति सेवामा रहेका विकृति र विसङ्गतिहरू नातावाद, भ्रष्टाचार, अराजकता, उच्च राजनैतिक हस्तक्षेप, अनुशासनहिनता, काम पन्छाउने प्रवृत्ति, राजनैतिक आड–भरोसा जस्ता कुसंस्कारहरूको समुल नष्ट गर्न दीर्घकालीन दूरदृष्टि र निश्चित राष्ट्र निर्माणको महान् उद्देश्य, जसले नेपाली जनताको सेवा प्रवाहमा सर्वसुलभ पहुँच बढाउन सकोस् । त्यसैगरी यस क्षेत्रमा सङ्कलन जनशक्तिहरूले आफूलाई सम्मानित सेवामा सर्मपित भएको गौरव गर्न सक्षम अङ्गको रूपमा विकास गराउन सक्नु आजको मुख्य कार्यभार हो । यो एकल प्रयासबाट मात्र होइन, सरोकारवालाहरूको प्रभावकारी एकीकृत प्रयासबाट मात्र सम्भव हुन्छ । तसर्थ, सार्वजनकि प्रशासनको नीति, दर्शन र सिद्धान्त अनुसार यस सेवाको संस्थागत विकास गराउन, प्रथम तह यसै क्षेत्र अर्थात् नागरिक प्रशासनको नेतृत्वले मुख्य भूमिका त्याग तथा अन्तरसङ्घर्ष गर्नु पर्दछ । त्यसै गरी यस भेगमा क्रियाशील, कर्मक्षेत्रमा खटेका प्रशासनकर्मीहरूले वास्तवमा राष्ट्र सेवक जनताको सेवकको रूपमा आफूलाई तन, मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई जनसेवकको रूपमा सावित गराउन सक्नु पर्दछ । त्यसैगरी नागरिकहरूले समेत गुण स्तरीय कार्य सम्पादनका लागि आवश्यक वातावरण सृजना गराउनु पर्दछ । मूलतः राजनैतिक क्षेत्रबाट यसलाई हस्तक्षेपकारी होइन कि यसको सगम्र विकासका लागि प्रवद्र्धन, संरक्षण र संवद्र्धन गरी सक्षम सार्वजनिक सेवाको सुनिश्चितताका लागि राजनैतिक मोर्चाबन्दी सहितको समूहगत कार्यशैलीको अन्त्य गरिनु पर्दछ । राम्रो र असल कार्यसंस्कृतिको विकास, निष्पक्ष, तटस्थ सक्षम प्रशासनको संस्थागत विकास गराउन राजनैतिक हस्तक्षेपको पूर्णतः अन्त्य हुनु पर्दछ । कुशल, सक्षम तथा गुण स्तरीय, व्यवसायिक, तटस्थ र जनउत्तरदायी सार्वजनिक प्रशासनको संरचना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउन सक्ने सार्वजनिक सेवामा कुशल संस्कृतिको विकास गराउनु आजको अपरिहार्य व्यवस्थापकीय आवश्यकता हो ।
सत्तामा नेतृत्व गर्ने राजनैतिक शक्तिहरूको संरक्षणमा बसी पूर्वाग्रही एवं राजनैतिक हस्तक्षेपकारी भूमिकामा सार्वजनिक सेवा क्षेत्रमा संलग्न कर्मचारीतन्त्रले नविनतम, जनउत्तरदायी सेवा गर्ने क्षमताको विकास गर्ने सङ्कल्प सहित प्रण गर्नु पर्दछ । प्रतिपक्षमा क्रियाशील राजनीतिक नेतृत्वद्वारा सत्ता प्राप्तिका लागि सार्वजनिक प्रशासनलाई आफू अनुकुल बनाउन, ट्रेड युनियनहरूलाई उपयुक्त माध्यम, औजारको रूपमा प्रयोग गर्ने संस्कृतिको अन्त गरी विधि र मान्यतामा विश्वास गर्ने सु–संस्कृतिको विकास गराउनु पर्दछ । सार्वजनिक सेवामा क्रियाशील ट्रेड युनियनहरूले आफ्नो विद्यमान कार्यशैली संस्कृतिमा परिवर्तन गरी ट्रेड यूनियनको मूल्य, मान्यता र विधिको शासनको स्थापित मान्यता, लोकतान्त्रिक सँंस्कृतिक अनुरूप सेवा क्षेत्रमा सर्मपित हुँदै असल सँस्कृतिको विकास र सोही अनुरूपको व्यवहार गर्नु पर्दछ । यसो गर्न सकेमा मात्र सार्वजनिक सेवामा अपेक्षाकृत सुधार गरी बदलिँदो प्रतिस्पर्धी अवस्थामा कुशल सार्वजनिक प्रशासनको वैज्ञानिक व्यवस्थापन गरी सेवाग्राहीलाई सर्वसुलभ गुण स्तरीय सेवा प्रवाह गर्न सकिन्छ र सक्नु पर्छ अन्यथा राजनैतिक परिवर्तनपछिको  आर्थिक सामाजिक सांस्कृतिक परिवर्तन हुन नसक्दा परिणामस्वरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा समेत नकारात्मक परिणाम आउन सक्ने सम्भावना नकार्न सकिँदैन ।