menubar

scrolling

WE WANT TO WELCOME YOU HERE IN OUR LIBRARY. WHAT EVER DO YOU FEEL AFTER VISITING OUR LIBRARY, PLEASE DO WRITE. WE WILL BE VERY PLEASED FOR THAT. THANKS FOR VISITING. KEEP ON TOUCH .......

scrolling share

तपाई शेयर बारे जान्न र हेर्न चाहनुहुन्छ भने तपाइलाई यस पेजमा हार्दिक स्वागत छ केही सिक्न र बुझ्नको लागि उपयोगी हुने छ आउनुहोस .......

Online

                                      Exam Questions

Monday, September 24, 2018

‎सुशासन_भनेको_के_हो‬ ?नेपालमा सुशासन कायम हुन नसक्नुको कारणहरू उल्लेख गरि सुशासन कायम गर्ने उपयाहरू लेख्नुहोस् ???{२+४+४=१०}


#‎उत्तर :-
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
सुशासन एउटा यस्तो व्यवस्था हो ,जहाँ :-
>>> कानुनको पुर्ण परिपालना हुन्छ ,
>>> दण्डहीनताको अन्त्य हुन्छ ,
>>> जनमुखी एवं पारदर्शी सरकार हुन्छ ,
>>> भ्रष्टाचाररहित समाजको निर्माण हुन्छ ,
>>> विकासले गति लिएको हुन्छ ,
>>> अनुशासनको पुर्ण पालना हुन्छ ।
यी र यस्तै कार्य हुँदै जाँदा राजनीतिक र प्रशासनिक विकृति विनाको शासन कायम भई शासन व्यवस्था सुव्यवस्थित हुन्छ ।
नेपालमा सुशासन कायम हुन नसक्नुको मुल कारण अस्थिर राजनीतिमा अस्थिर नीति नियम भए नि थप कारणहरू यसप्रकार छन् :-
○सुशासन सम्बन्धि स्पष्ट ऐन कानुन नहुनु तथा भएको ऐन नियमको पुर्ण पालना नहुनु
○सुशासन कायम गर्ने संस्थाहरू सवल सक्षम तथा जनमुखी हुन नसक्नु तथा ती संस्थाहरू बीच कार्यगत समन्वय नहुनु
○विकेन्द्रीकरण कार्य प्रभावकारी हुन नसक्नु
○भ्रष्टाचार एवं अनियमित कार्यमा कमी नआउनु तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा संलग्न निकायहरू थप प्रभावकारी हुन नसक्नु
○नागरिक समाजका कार्य प्रभावकारी बन्न नसक्नु
○साधन स्रोतको अभाव तथा उपलब्ध साधन स्रोतको उचित प्रयोग र परिचालन हुन नसक्नु
○निजी क्षेत्र सबल सक्षम एवं उत्तरदायी हुन नसक्नु
○सेवाग्राही नागरिकमा चेतनाको अभाव हुनु
○अनुगमन कार्य प्रभावकारी हुन नसक्नु इत्यादी ।
यी माथि उल्लेखित विद्यामन कारणहरूले गर्दा नेपालमा सुशासन कायम हुन सकेको छैन तसर्थ नेपालमा सुशासन कायम गर्नका लागि देहायबमोजिमको उपयाहरू अपानउन सकिन्छ :-
●सुशासन सम्बन्धि स्पष्ट ऐन नियम बनाई त्यसको पुर्ण लागु तथा परिपालना गर्ने गराउने
●सुशासन कायम गर्ने संस्थाहरूबीच कार्यगत समन्वय गरि सबल सक्षम र जनमुखी बनाउने
●विकेन्द्रीकरणलाई प्रभावकारी बनाउने
●भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू सशक्त रुपमा प्रस्तुत भई भ्रष्टाचारलाई निराकरण गरि सदाचार कायम गर्ने
●नागरिक समाजको कार्यलाई प्रभावकारी बनाउने
●उपलब्ध साधन स्रोतको उचित परिचालन र प्रयोग गर्ने
●निजी क्षेत्र सबल सक्षम एवं उत्तरदायी बन्ने
●सेवाग्राही नागरिकलाई चेतना जगाउने इत्यादी ।
नेपालमा सुशासन कायम गर्न नेपालको वर्तमान संविधानको साथ साथै विभिन्न संस्थागत तथा नीतिगत ऐन नियमको व्यवस्था गरि केन्द्र देखि अञ्चल ,जिल्ला एवं गाविस हुँदै वडासम्म संस्थागत संयन्त्रको व्यवस्था गरिएको छ र आगामी दिनमा आम नागरिकमा सुशासनको पुर्ण अनुभुति हुने आशा गर्न सकिन्छ ।

No comments:

Post a Comment